२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कम्तिमा साउन २४ सम्म एमाले मै रहने निर्णय गरेको माधव समूहको भेला आज पनि

२२ साउन, काठमाडौँ । कम्तिमा साउन २४ सम्म एमाले मै रहने निर्णय गरेको  माधवकुमार नेपाल समूहको भेला आज पनि हुँदैछ । बुद्धनगरको क्वालिटी बैंकेटमा बिहान ११ बजेपछि भेला हुनेछ । भेलामा आज केही नेताको राय सुनेपछि माधव नेपालले निष्कर्ष सुनाउने कार्यसूची रहेको एक नेताले दैनिकीलाइ जानकारी दिए । यसअघि बिहीबार नेता नेपालले साउन २४ सम्ममा एमालेमा बस्ने वातावरण तय नभए नयाँ विकल्पमा लाग्ने बताएका थिए । माधव नेपाल समूहले मागेका कुरा सबैँ दिँदै आएका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष पद र विधनले दिएको अध्यक्षको अधिकार दुबै मागेपछि भने निर्णय दिन सकेका छैनन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ०९:१४