२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि, अनलाइनको नम्बर लैजानुपर्ने

२२ साउन, काठमाडाैँ । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु गरेको छ । गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने स्वास्थ्य सेवा विभागले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले अनुरोध गर्दै दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ०८:४३