२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

सरकारको जनबिरोधी कामको एमालेले प्रतिवाद गर्ने, युवा संघले बोलायो आकस्मिक बैठक

२१ साउन, काठमाडौँ । नेकपा एमालेले सरकारका जनबिरोधी कामको प्रतिवाद गर्ने भएको छ । एमालेले त्यसका निम्ति आफ्ना भ्रातृ संगठनलाई परिचालन गर्न लागेको हो ।

बिहीबार राष्ट्रिय युवा संघले आकस्मिक बैठक बोलाएको छ । महासचिव रमेश आचार्यका अनुसार बैठकमा गम्भीर विषयहरूमा छलफल गरेर अघि बढ्ने तयारी छ । पछिल्लो पटक एमाले पनि छ है भन्ने आभास दिलाउने गरी परिचालन भैरहेको युवा संघको अगुवामा बुधबार राजधानीमा सुकुम्वासी सहितको प्रदर्शन भएको थियो ।

बिहीबार बिहान ११ बजे काठमाडौं उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरुको आकस्मिक बैठक ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरि तय गरिएको र महत्वपूर्ण विषयमा निर्णय लिन लागिएको महासचिव आचार्यले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार २२:००