२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

माधव नेपाल समूह कम्तिमा साउन २४ सम्म एमालेमै रहने, भेलामा के के भयो ?

२१ साउन, काठमाडाैँ । नेपाली कांग्रेस र नेकपा माअोवादी केन्द्रको नेतृत्वलाई काँधमा थापेर अाफ्नै पार्टीको नेतृत्वकको विरूद्धमा निर्मम प्रहार गरिरहेको माधवकुमार नेपाल समूह कम्तिमा साउन २४ गतेसम्म एमालेमै रहने भएको छ । नेपाल समूहले बुधबार बुद्धनगरको क्वालिटी बैंकेटमा गरेको गुट भेलामा माधव नेपालले सम्बाेधन गर्दै एमालेमा रहने वा छुट्टिने भन्ने विषयमा २४ गतेसम्ममा निर्णय गर्नुपर्ने बताए ।

उनले पार्टी एकताका लागि २४ गतेसम्मको समयसीमा ताेकेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनले एमाले विवाद समाधान गरेर जान अन्तिमसम्म प्रयास जारी राख्ने बताए ।

‘हामी एमाले विवाद समाधान गर्दै पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छौँ’, नेता नेपालको भनाइ उद्धृत गर्दै सहभागी ती नेताले भने, ‘पार्टी विवाद मिलाउने बेलामा अध्यक्ष केपी ओलीजीका केही वरिपरिका मान्छेहरूले भाँड्छन् र एकता हुन दिन्नन् ।’

नेपालले २४ गतेसम्म कुर्ने र त्यसपछि सोच्नुपर्ने प्रष्ट पारेको ती केन्द्रीय सदस्यले बताए । ‘पार्टी एकताको लागि २४ गतेसम्म कुरौँ, एकता भए हुन्छ, नत्र सोच्नुपर्छ,’ नेता नेपालले केन्द्रीय सदस्यलाई सम्बोधन गर्दै भनेको ती केन्द्रीय सदस्यले भने।

प्रकाशित मिति : August 5, 2021 at 9:11 pm