२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

२२ वर्षीय युवालाई दाम्लोले बाँधेर कुटपिट गर्ने वडा अध्यक्ष नेपाली पक्राउ

२१ साउन, जाजरकोट । २२ वर्षीय युवालाई दाम्लोले बाँधेर कुटपिट गर्ने वडा अध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपाली आज बिहीबार पक्राउ परेका हुन । नेपालीले स्थानीय सर्पे दमाईमाथि गत साउन १५ गते कुटपिट गरेका थिए । सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका समाचारका कारण वडा अध्यक्ष नेपाली पक्रउ परेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् 

-एमाले नेताले वडा कार्यालयमा राखेर २२ वर्षीय युवालाई डोरीले बाँधेर कुटपिट गरे

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १३:२०