७ असार २०८३, आइतबार | Sun Jun 21 2026

साहस उर्जाले साउन २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

२१ साउन, काठमाडौँ । साहस उर्जा कम्पनी लिमिटेडले साउन २९ गते, शुक्रबारदेखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ३५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट आवेदन दिन सक्ने छन्।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछन । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित मिति : August 5, 2021 at 12:32 pm