२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मन्त्रीद्धय पाण्डे र बस्नेतद्धारा सिन्धुली अस्पतालको निरीक्षण

२१ साउन, काठमाडाैँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केशव राज पाण्डे र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बिहीबार सिन्धुलि अस्पतालको निरीक्षण गरेका छन । मन्त्रीद्धयले सिन्धुली जिल्ला अस्पतालको समस्यको बारेमा चासो राख्दै प्रदेश सरकारले गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए ।

मन्त्रीद्धयले सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाएका प्रमुखहरुसँग जिल्लाको शान्ति सुरक्षा र बिपत ब्यवस्थापनको बारेमा पनि छलफल गरेको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र बिपत ब्यवस्थापनको लागि तयारीको साथ बस्न निर्देशन दिएको पत्रका प्रशान्तजंग पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार १३:३६