२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रहरी जवानको परीक्षामा सहभागी परीक्षार्थी नै नक्कली, ६ जना पक्राउ

२० साउन, काठमाडाैँ । प्रहरी जवानको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीसहित ६ जना पक्राउ गरेका छन् । प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी तथा आर्थिक चलखेलमा संलग्न उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भोजपुरका सुर्य राई, सागर राई, संगम राई, धनकुटाका सरोज राई, खपाङ राई र राज कुमार राई रहेका छन् । सुर्य राईले जवान पदमा नयाँ भर्ना गराईदिने भन्दै विभिन्न व्यक्तिबाट आर्थिक लाभ समेत लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार २०:३६