महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई न्यायाधीश राउतको इजलासमा
२० साउन, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा हुने भएको छ ।
साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रकाशित मिति : August 4, 2021 at 11:59 am





