२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

वायु सेवा निगमका महाप्रबन्धक पाैडेलद्धारा एमालेको जिम्मेवारी अस्वीकार

१९ साउन, काठमाडौँ । नेपाल वायुसेवा निगमको महाप्रबन्धक डिम प्रकाश पौडेलले नेकपा एमालेको जिम्मेवारी अस्वीकार गरेका छन । भानुभक्त ढकाल प्रमुख रहेको पर्यटन विभागको सदस्यमा मनोनित गरिएका पौडेलले जिम्मेवारी अस्वीकार गरेका हुन ।

उनले सामाजिक सञ्जाल मार्फत आफूले एमालेको केन्द्रीय विभागको सदस्यको रूपमा निरहेको घोषणा गरेका छन । उनले भनेका छन, ‘नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हाले पछी म कुनै पनि पार्टीको कुनै पनि कमिटीको आवद्दता तथा पद स्विकार नगरेको र यो पदमा रहुन्जेल कुनै पनि पार्टी वा त्यसको जनबर्गिय संगठनमा आवद्द नहुने ब्योहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ।’

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार २२:०७