२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बैंकहरू सामाजिक सुरक्षा कोषमा जान बाध्यकारी नहुने, सर्वाेच्चले दियाे अन्तरिम आदेश (पूर्णपाठ)

१९ साउउन, काठमाडाैँ । सर्वाेच्च अदालतले बैंकहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बाध्यकारी नहुने अन्तरिम आदेश जारी गरेको छ । मंगलवार सर्वाेच्चको पूर्ण इजलासले स्वेच्छिकबाहेक सूचीकृत हुन बाध्य नपार्न कोषका नाममा आदेश जारी गरेको हो ।

न्यायाधीश अनिल कुमार सिन्हा, डा. कुमार चुडाल, नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि सूचीकृत हुन बाध्य नपार्न आदेश दिएको छ । माछापुच्छ्रे बैंक लिमिटेड कर्मचारी संघको तर्फबाट दायर रिटमा कोषमा सूचीकृत हुँदा कर्मचारीले खाइपाई आएको वा उपभोग गर्न पाउने सुविधामा मर्का पर्ने गरी घट्ने दाबी गरिएको थियो । सर्वोच्चले बैंकलाई सूचीकृत हुन बाध्य पार्ने गरी भएका पत्राचार, जारी विज्ञप्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हाे ।

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १९:४४