१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

निर्वाचन आयोगद्धारा ४१ वटा पार्टी खारेज (सूचीसहित)

१९ साउन, काठमाडाैँ । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ। आयोगले मंगलबार सूचना जारी गर्दै तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाउने ४१ राजनीतिक दलहरूको दर्ता खारेज गरेको जानकारी दिएको हो।

आयोगले बुधबारदेखि लागु हुने गरी ती राजनीतिक दलहरूको दर्ता खारेज गरेको हो। आयोगले खारेज भएका दलका नाम, झण्डा, चिन्ह एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने  निर्णय गरेको छ।

आयोगले खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई ५० हजार जरिवाना तिराउने निर्णय समेत गरेको छ। ४१ दलहरू खारेज भएसँगै अहिले निर्वाचन आयोगमा ९५ वटा दलहरू बाँकी रहेका छन्।

यस्ताे छ सूची:

प्रकाशित मिति : August 3, 2021 at 4:12 pm