१० जेष्ठ २०८१, बिहीबार | Fri May 24 2024

माधव नेपाल निकटका चार नेतालाई कांग्रेस र माओवादीले जिताउने, तर चुनाव चिन्ह के ?


१९ साउन, काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका कर्णालीका चार सांसदलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनाव जिताउने प्रतिवद्धता जोहर गरेको खुलासा भएको छ । एमालेले कारबाही गरे अनुसार पदमुक्त भएका एक सांसद कुर्मराज शाहीले यसअघि नै कांग्रेस माओवादीले चुनाव जिताउने ग्यारेन्टी दिएकाले आफूहरूले फ्लोरक्रस गरेर माओवादीको सत्ता जोगाएको बताए ।

उनले अब चुनावको तयारीमा केन्द्रीत भएको र चार सांसदको विरूद्धमा कांग्रेस र माओवादीले उम्मेदवारी नदिने बताए । उनले भने ‘कांग्रेस र माओवादीले उपचुनाव जिताउने बचन दिएपछि फ्लोरक्रस गरेका हौं । एक हिसाबमा हामीले चुनावको तयारी थालिसक्यौं । हामीलाई अहिलेको स्थिति आउँछ भन्ने पहिल्यै थाहा थियो ।’

वैशाख ३ गते एमाले सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्र शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरूले माधवकुमार नेपालको आदेशमा यो सबै गतिबिधि गरेको बताएका छन । माधव नेपाल समूहले नयाँ पार्टी नबनाइसकेका कारण उप चुनावमा उनीहरूको चुनावचिन्ह के हुने भन्ने पक्का भएको छैन । यद्यपी राष्ट्रियसभाको निर्वाचनमा कलम चिन्हबाट खिमलाल देवकोटालाइ चुनाव जिताएको उक्त समूहले नयाँ पार्टी नबनेको खण्डमा त्यस्तै कुनै चिन्ह दिएर भए पनि चुनाव जिताउने तयारी गरेको नेताहरूले बताएका छन ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १६:२४