१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

काठमाडौँ उपत्यकामा थपिए ८५१ कोरोना संक्रमित

१७ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८५१ जना कोराेना संक्रमण पुष्टि भएकाे छ । आज काठमाडौँमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या ८ हजार ७९७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। सोही अवधिमा २०२० जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : August 1, 2021 at 5:02 pm