२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राष्ट्रपति भण्डारीद्वारा प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त

१७ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् ।राष्ट्रपति भण्डारीले आइतबार सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेनाका प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति २०७८/५/२४ गतेबाट समाप्त हुने भई अनिवार्य अवकाश पाउने र नीत मिति २०७८/४/२५ गतेबाट घरबिदामा बस्‍नु हुने भएकाले हाल जेष्ठ्ताका क्रममा रहेका ब्य. नं. १३५३ बालाधिकृत रथी श्री पर्शुराम शर्मालाई सैनिक ऐन,२०६३ को दफा (३) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८/४/१२ गतेको निर्णबाट सिफारिस भए बमोजिम मिति २०७८/४/६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नु भएको छ ।’

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार १५:३७