१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

कर्णालीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता, दुईजना घाइते

१७ साउन, काठमाडाैँ । कर्णाली नदीमा डुंगा पल्टिँदा कम्तीमा पनि ३ जना यात्रु बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा कर्णाली नदीमा डुंगा दुर्घटना भएको हो।

बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको बिजौरा जाने क्रममा आइतबार विहान साढे ११ बजे कर्णालीमा डुंगा दुर्घटना भएको हो।

डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएकाछन् भने दुईजना घाइते भएका छन्। ५ जना भने पौडिएर बाहिर निस्किएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार डुंगामा १० जना सवार थिए।

प्रहरी कार्यालय सुगराखल कैलालीका अुनसार बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ बस्ने २० वर्षीया उर्मिला सलामी मगर, उनका १० दिनको बच्चा र त्यही ठाउँमा बस्ने २० वर्षीया पार्वती थापा छन्। त्यस्तै घाइते भएकाहरुमा मोहन्याल गाउँपालिका-३ बस्ने १९ वर्षीया धनसरा सलामी मगर र उनकै एक महिनाका छोरा कर्ण सलामी छन्। घाइतेमध्ये आमाको अवस्था गम्भीर छ भने छोरा सामान्य छन्।

प्रकाशित मिति : August 1, 2021 at 1:56 pm