२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

देउवाको दूत बनेर मन्त्रीको सूची माग्न प्रचण्ड नेपाल निवासमा 

१७ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर नेकपा एमालेका नेता माधवकुमार नेपालसँग मन्त्रीको सूची लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन । दैनिक जसो बिहान माधव नेपालको निवासमा प्रचण्ड पुग्ने गरेको भए पनि आजको सूचना प्रचण्डको सचिवालयले चुहाएको छ । स्रोतका अनुसार प्रचण्डले माधव नेपालसँग मन्त्रिपरिषद् विस्तारको बारेमा छलफल गर्नेछन । प्रचण्डले नेपाललाई आफूलाई टुहुरो बनाएर पुनः एमालेमा नफर्कन पटक पटक आग्रह गरेका छन ।

एमालेमा मिल्नेहरू आजसम्ममा पार्टीको गतिबिधिमा फर्किएर अघि बढ्ने भन्नेमा सहमति भएपछि प्रचण्डको आजको नेपाल निवासको बसाइलाइ अझ अर्थपूर्ण रूपमा हेरिएको छ । विघटित कार्यदलका सदस्यहरूले शनिबार १० बुँदे सहमतिमा टेकेर दुई अध्यक्ष बनाएर पार्टीलाई एकतावद्ध बनाउने सहमति गरेका थिए । सोही बमोजिम नेताहरूले एमाले अध्यक्ष ओली र नेता नेपालसँग भेट पनि गरेको छ । आइतबार दिउँसो ३ बजेको बैठकबाट एमाले वारपारको स्थितिमा अघि बढ्ने तयारीमा छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आईतवार ११:५८