२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

राष्ट्रिय युवासंघले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा १८ सय विरूवा रोप्यो

१६ साउन, काठमाडाैँ । राष्ट्रिय युवा संघ नेपालले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा १८ सय विरूवा रोपेको छ । शनिबार युवा संघका महासचिव रमेश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १८ सय विरूवा रोपिएको हो ।

वृक्षरोपण कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष एवं नेकपा (एमाले) धादिङका नेता शम्भु थापा, एमाले धादिङका सदस्य एवं त्रिपुरासुन्दरी गाउँपालिका कमिटी अध्यक्ष बाबुकृष्ण श्रेष्ठ, संघका स्थायी कमिटी सदस्य एवं जिल्ला अध्यक्ष दिपक खतिवडा, संघका स्थायी कमिटी सदस्य बाबू छत्कुली लगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : July 31, 2021 at 10:27 pm