२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

माधव नेपाललाई देउवा र प्रचण्डकै सहयोगी बन्न दिऔँ, नरोकौँ

१६ असार, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले माधवकुमार नेपाललाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सहयोगी बन्न दिनुपर्ने प्रस्ताव अघि सारेका छन । उनले देउवा र प्रचण्डको सहयोगी बन्नबाट माधव नेपाललाई कसैले रोक्न नहुने बताएका छन ।

थापाले भनेका छन, ‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु,सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हो कहाँरु कार्यदलको प्रतिफल १० बुँदे समझदारी नै मान्य छैन,केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे ! अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयोगी बन्न दिओैं, नरोकौं !’

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार १६:३८