१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

ट्राफिक सचेतनाका लागि रोटरी क्लब अफ सैबुद्धारा डिजिटर डिस्प्ले बोर्ड स्थापना

१६ साउन, काठमाडाैँ । रोटरी क्लब अफ सैबु भैसेपाटीले ललितपुरको दुई स्थानमा डिजिटर डिस्प्ले बोर्ड स्थापना गरेको छ । ललितपुरको नख्खुचोक र भैसेपाटी चोकमा डिस्प्ले राखेको हो । ट्राफिक जनचेतना जगाउने उद्देश्यले ट्राफिक सन्देश , समय र टम्परेचर सहितको डिस्प्ले राखेको हो ।

क्लबका सन् २०२१–२०२२ का अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा दुई स्थानमा स्थापना गरिएको डिस्प्लेको रोटरी क्लबका पुर्व गभर्नर एवं जोन–१५ का डिस्ट्रिक एसिस्टेन्ट गभर्नर सुनिलकृष्ण श्रेष्ठले डिस्प्लेको उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै एसिस्टेन्ट गभर्नर श्रेष्ठले सामाजिक सेवामा समर्पित रोटरी क्लबले देशका विभिन्न जिल्लामा सचेतना जगाउने काम गरेको बताए ।

उनले भने, ‘कोभिड–१९ महामारीबाट जोगिन देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छौ । त्यस बाहेक राहत वितरण, वालवालिका लक्षित खेल मैदान निर्माण, खानेपानी र सरसफाइ, छात्रा शिक्षा, विपन्न वालवालिकालाई निःशुल्क अध्ययनको व्यवस्था लगायतका कार्य गरिरहेका छौ ।’

यो वर्ष सदस्यता वृद्धी कामलाई विशेष अभियानको रुपमा सञ्चालन गर्न लागेको जानकारी गराउदै पुर्व गभर्नर श्रेष्ठले भने, ‘अब सक्षम नागरिक उत्पादन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौ ।’ रोटरी क्लब अफ भैसेपाटी क्लबले गरेका सामाजिक कामको प्रशंसा गर्दै उनले भने, ‘रोटरी क्लब अफ भैसेपाटीका अध्यक्ष र सबै पदाधिकारीको को योगदानलाई कदर गर्नुपर्छ ।’ उनले रोटरी क्लबले विभिन्न ७ क्षेत्रमा काम गरिरहेको उल्लेख गरे।

सो क्लबले आफ्नो कार्यक्षेत्र परेको वुंगमतिको स्वाथ्य चौकीमा स्वाथ्य सेवा सञ्चालन गरिरहेको छ । मगरगाँउमा यात्रु प्रतिक्षालय निर्माण गर्ने चरणमा रहेको छ । कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष एवं सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेले कोभिडको समयमा क्लबले गरेका कामको चर्चा गर्दै यस्तै सामाजिक कामलाई निरन्तरता दिनुपर्ने बताए । क्लबका अध्यक्ष मिलन थापाले क्लबले शिक्षा, स्वाथ्य, सरसफाई लगायत क्षेत्रका काम गर्दै जाने बताए ।

प्रकाशित मिति : July 31, 2021 at 3:21 pm