२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

राष्ट्रहित र एमालेको रक्षाका निम्ति युवासंघ अभियानमाः महासचिव आचार्य

-प्रशान्तजंग पाण्डे

१६ साउन, नुवाकोट । राष्ट्रिय युवा संघ नेपालका महासचिव रमेश आचार्यले राष्ट्रहित र एमालेको रक्षाका निम्ति अभियान चलाउन थालिएको बताएका छन । राष्ट्रिय युवा संघ नेपाल, बेलकोटगढी नगर कमिटी नुवाकोटद्धारा आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव आचार्यले देश र पार्टी दुबैको रक्षाका निम्ति युवा संघले देशव्यापी अभियान चलाउन लागेको बताए ।

उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि युवा संघ राष्ट्रको रक्षाका निम्ति अग्रमोर्चामा उभिन तयार रहेको बताए । युथ फोर्स व्यूँताइएको सन्दर्भ उल्लेख गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि यसको विकल्प नरहेको बताए । महासचिव आचार्य युवा नै देशको भविष्य भएकाले सहीमार्गमा हिड्नुपर्ने बताए । आचार्यले समसामयिक राष्ट्रिय राजनीति र युवाहरुले खेल्नुपर्ने भूमिका विषयमा व्यख्या गरेका थिए ।

सोही कार्यक्रममा नेकपा एमाले नुवाकोटका सचिव काशिराज अधिकारीले युवाहरूका निम्ति एमाले जस्तोसुकै साथदिन तयार रहेको बताए । उनले एमाले कुनै पनि शक्तिको अघि नझुकी राष्ट्रहित र नागरिकको रक्षा निम्ति अग्रमोर्चामा उभिन तयार रहेको बताए ।

सचिव अधिकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको जग बसालेको भन्दै फेरि एमाले एक्लैलाइ दुइ तिहाइ मतसहित जिताएर सुखी नेपाली समृद्ध नेपालको नारा साकारा पार्नुपर्ने बताए ।  प्रशिक्षण कार्यक्रममा ५० भन्दा बढी युवाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार १०:१३