२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कसका लागि होटलमा खोप लुकाउँदै थिए ओमबहादुर खड्का ?

१६ साउन, झापा । होटलमा खोप लुकाउन लागेका विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओमबहादुर खड्का पक्राउ परेका छन । विर्तामोडकै एक होटलबाट नियन्त्रणमा लिँदा खड्काको साथबाट प्रहरीले २२० डोज भेरोसेल खोप बरामद गरेको छ ।

प्रहरीले खड्काले कसका लागि खोप लुकाएर जोहो गर्न खोजेका हुन भनेर खोजि गरिरहेको छ । खड्काले भने आफू आइसोलेसनमा बस्न होटलमा पुगेको बताएका छन । स्वास्थ्य कार्यालयले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतमा राख्नु पर्नेमा होटलमा फेला परेपछि शंका उत्पन्न भएको हो ।

फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इलाका प्रहरी कार्यालयमा राखिएको र थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार ०८:४०