२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मदन पुरस्कारको श्रेष्ठ सूचीमा ९ पुस्तक

१५ साउन, काठमाडौँ । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परेका छन् । शुक्रबार मदन पुरस्कार गुठीले  ९ पुस्तकको सूची सार्वजनिक गरेको हो ।

जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका छन् । गुठीमा २ सय २२ पुस्तक प्राप्त भएको आयोजक टीमले बताएको छ । छनोट भएका ९ पुस्तक मध्ये एकलाई २०७७ को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जारी गरेकाे प्रेस विज्ञप्ती उल्लेख छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १७:४६