लुम्बिनी प्रदेशसमा जसपाका तीन सांसद पदमुक्त
१५ साउन, बुटवल । लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् । आज प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त पदमुक्त गरेको जानकारी दिएका हुन् ।
सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेपनि पार्टीको नीति र विधान विपरित सरकारमा सहभागि भएकाे भन्दै सांसदबाट पदमुक्त भएको सचिवालयले जनाएको छ । उनीहरु तीन जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् ।
प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १५:५४