१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

लुम्बिनी प्रदेशसमा जसपाका तीन सांसद पदमुक्त

१५ साउन, बुटवल । लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् । आज प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त पदमुक्त गरेको जानकारी दिएका हुन् ।

सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेपनि पार्टीको नीति र विधान विपरित सरकारमा सहभागि भएकाे भन्दै सांसदबाट पदमुक्त भएको सचिवालयले जनाएको छ । उनीहरु तीन जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् ।

प्रकाशित मिति : July 30, 2021 at 3:54 pm