१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विष्णु पौडेल

१५ साउन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उपमहासचिव विष्णुप्रसाद पौडेल कोटेश्वर पुगेका छन् ।

नेता र उपमहासचिव पौडेलबिच अहिले भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ । नेता नेपाल र पौडेलबिच पार्टी एकताबारे छलफल भइरहेकाे बताइएकाे छ । बिहीबार संसदीय दलका उपनेता सुवास नेम्वाङले नेता नेपाललाई भेटेका थिए ।

पार्टीलाई एकताबद्ध बनाउन भएका प्रयासहरु पटक पटक असफल बन्दै गएपछि नेताहरुको सक्रियता बढ्न थालेको छ । एमालेका दोस्रो तहका नेताहरु अध्यक्ष केपी शर्मा ओली र नेता नेपालसँग भेट गराउन पहल गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले शनिबारसम्म पार्टीमा जारी विवादलाई वारपार गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : July 30, 2021 at 1:49 pm