२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रधानमन्त्री देउवाले बोलाए सीसीएमसी बैठक

१५ साउन, काठमाडाैँ । देशभर काेराेना संक्रमण बढ्दै गएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले आज  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)को बैठक बोलाएका छन् । दिउँसो ४ बजे सिंहदरबारमा बस्ने बैठकमा  सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई पछिल्लो काेराेना संक्रमणको अवस्थाबारे जानकारी गरिने प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए ।

आजको बैठकमा कोरोना खोप, भीड नियन्त्रणलगायतका विषयमा छलफल हुने बताइएकाे छ ।  यसअघि बसेको सीसीएमसीको बैठकले साउन चौथो हप्तादेखि कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १३:३१