२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

काेराेना अपडेटः ३३६५ संक्रमित थपिए, १६ जनाको मृत्यु, १३७३ संक्रमणमुक्त

१४ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ३३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १४ हजार २४२ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साे अवधिमा थप १३७३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितहरुको संख्या ३० हजार ३९० रहेको छ । काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप  १६ जनाको मृत्यु भएको छ । हालसम्म देशभर काेराेना संक्रमणबाट ९८०७ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १६:४५