२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मन्त्रीको भागबण्डाबारे जानकारी गराउन माधव नेपालको निवासमा प्रचण्ड

१४ साउन, काठमाडौँ । मन्त्रीको भागवण्डा टुंग्याए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई  भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रालय भागवण्डा टुंग्याए लगत्तै प्रचण्ड नेता नेपाल भेट्न कोटेश्वर पुगेका हुन् । उनले नेपालको नयाँ पार्टी नबन्दासम्म मन्त्रालय खाली नराख्नेगरी सबैले बााँडेको बारेमा नेपाललाइ कन्भिन्स गर्ने स्रोतले जनाएको छ । तत्कालका लागि अन्य राजनीतिक नियुक्तिमा माधव नेपालले भनेको मान्छेलाइ दिने तर नयाँ  पार्टी नबन्दासम्मका लागि मन्त्रालय नै खाली नराख्ने विषयमा बिहीबार बिहान देउवा र प्रचण्डकोबीचमा सहमति भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १५:१०