१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

गल्छी–स्याफ्रुबेंसी सडक ११ दिन बन्द नहुने

१७ फागुन, काठमाडौँ । सडक विस्तारका कारण दैनिक छ घण्टा बन्द हुँदै आएको गल्छी–स्याफ्रुबेंसी सडकखण्डमा ११ दिन सवारी साधन आवतजावत गर्न बन्द नहुने भएको छ ।

नुवाकोट र धादिङ दुवै जिल्लामा बुधबारदेखि शुरु भएको महोत्सवलाई लक्ष्य गर्दै उक्त सडकखण्ड महोत्सव अवधिभर सञ्चालन हुने योजनाले पक्षले जनाएको छ ।

महोत्सवमा आउनेहरुलाई सहज आवतजावत गर्न यही फागुन १६ गतेदेखि २६ गतेसम्म यातायात बन्द नगर्ने सहमति भएको छ ।

विसं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार राष्ट्रिय गौरवका रुपमा शुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम छ महिना थपसहित गरी २७ महिना (२०७५ फागुन ५) मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

उक्त सडकको कार्यप्रगति गत माघ मसान्तसम्म आर्थिकतर्फ २१.३ र प्राविधिकतर्फ १४.३५ प्रतिशत भएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार १९:४६