२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

काेराेना अपडेटः ३८४० संक्रमित थपिए, ३३ जनाको मृत्यु, १९९३ संक्रमणमुक्त

१३ साउन, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा थप ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षण गर्दा १२०६ जना गरी ३८४० जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९७७१ पुगेको छ। पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १६:५०