१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

तटस्थ बसेका रेशम चौधरी जसपाको पक्षमा

१३ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले गरेको सनाखतमा तटस्थ बसेका रेशम चौधरी जसपाको पक्षमा खुलेका छन् । जसपाका नेता डम्बर खतिवडाले चौधरी जसपाको आधिकारिक पक्षमा रहेको फोनमार्फत बताएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत् व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु,’खतिवडाले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : July 28, 2021 at 4:26 pm