१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

मन्त्री छान्ने जिम्मा देउवा, नेपाल र प्रचण्डलाई दिने सत्ता गठबन्धनको निर्णय

१३ साउन, काठमाडाैँ । सत्तारुढ गठबन्धनको  बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तत्कालै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ ।  आजको बैठकमा मन्त्री छान्ने जिम्मा माधव नेपालसहित दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ।

यस्तै बैठकमा न्यूनतम साझा कार्यक्रम कुन खालको बनाउने, कुन मोडालिटीको बनाउने भन्ने विषयमा पनि छलफल भएको छ । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् । त्यस्तै सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी रहेका थिए।

प्रकाशित मिति : July 28, 2021 at 11:55 am