राष्ट्रपति भण्डारीद्धारा सिन्धुलीगढी युद्ध संग्रहालयको उदघाटन
१३ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बुधबार बिहान सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । युद्ध संग्रहालयकाे कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो । संग्रहालय निर्माणमा झण्डै सात करोड खर्च लागेको छ ।
प्रकाशित मिति : July 28, 2021 at 11:24 am





