१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

देउवा प्रधानमन्त्री बनेलगत्तै अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन थालेः सांसद गिरी

१२ साउन, काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको  बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले शेरबहादुर देउवा प्रधानमन्त्री बने लगत्तै भष्टाचारको मुद्दा खेपिरहेका काग्रेंस उपसभापती विजयकुमार गच्छदार सामान्य धरौटीमा छुट्नुले अब अफताब आलमहरू पनि छुटेर संसदमा आउने संकेत देखिएको बताए ।

सांसद गिरीले भने, ‘यो निर्दलीय सरकार आउनासाथ बालुवाटारको जग्गा बेचबिखन गरेर खाने बिजय गच्छदार सामान्य धरौटीमा छुटे। कतै भोलि १२ जना मजदुरलाई भट्टामा पोल्ने अफताब आलमहरू पनि छुटेर यही ठाउँमा आउने त होइनन् ? सरकारले यो प्रवृतिलाई प्रश्रय दिने त होइन ? जनता चिन्तित छन् ।’

प्रकाशित मिति : July 27, 2021 at 3:42 pm