१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल

१२ साउन , काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी छिन् । आज बिहान अस्पताल पुगी उनले नियमित स्वास्थ्य उपचार गरेकी उनका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए ।

“उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो”, ढकालले भने, “राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।” राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट रहेकी थिइन् ।

प्रकाशित मिति : July 27, 2021 at 1:30 pm