७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल


१२ साउन , काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी छिन् । आज बिहान अस्पताल पुगी उनले नियमित स्वास्थ्य उपचार गरेकी उनका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए ।

“उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो”, ढकालले भने, “राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।” राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट रहेकी थिइन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १३:३०