२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

एमालेले मन्त्री बनाउने चर्चा भएको जसपा सांसद ढेंगामगर वेपत्ता, खोजीदिन प्रहरीमा उजुरी

११ साउन, काठमाडौँ । जसपाको लुम्बिनी प्रदेशको सांसद पुर्मती ढेंगामगर वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको छ । जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेलले सांसद ढेंगामगर हराएको सूचना प्रहरीकोमा दिएको बताए । उनले काठमाडौँ प्रहरीमा सांसद हराएको सूचनाको ठाडो उजुरी दिएको बताए । सांसद ढोंगमगर आइतबार दिउसोदेखि नै उहाँ सम्पर्क बाहिर रहेको र पार्टको सम्पर्कमा नआएको पोखरेलले बताए । यसअघि पुर्मतीलाई एमालेले मन्त्री बनाउने चर्चा चलेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार ०९:२२