२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अनलाइन फारम भर्न नपाएकै कारण कोही पनि खोपबाट वञ्चित हुन्नः प्रमुख गाैतम

१० साउन, काठमाडाैँ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले कोरोना खोप लगाउनका लागि अनलाइन फारम भर्नै पर्छ भन्ने नभएको बताएका छन । उनले भीड नियन्त्रणका लागि अनलाइन फारमको साहरा लिएको भए पनि खोप सबै नागरिकले पाउने बताएका छन ।

उनले अनलाइन फारम भर्न नपाएकै कारण कोही व्यक्ति खोप लगाउनबाट वञ्चित नहुने स्पष्ट पारे । अब कोरोना विरुद्धको खोपका लागि अनलाइनमार्फत फारम भर्नु पर्ने नियम बनाएको सरकारले फाराम नभरेकै आधारमा खोपबाट वञ्चित भने हुनु नपर्ने जनाएको हो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार ०९:१७