२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

नियुक्ति खारेज र एमाले फुटाउने अध्यादेश आए देशभर प्रतिरोधमा हुने महेश बस्नेतको चेतावनी

९ साउन, काठमाडाैँ । नेकपा एमालेका नेता महेश बस्नेतले एमाले फु्टाउने अध्यादेश आए प्रतिरोधमा देशभर आगो बल्ने चेतावनी दोहोर्याएका छन । युथ फोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रममा सबम्बाेधन गर्दै पूर्वमन्त्री समेत रहेका बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।

बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए । उनले भने ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ ।’

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार १७:४७