८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालियो

३१ असार, सुनसरी । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ ।

शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिनुभयो ।

उक्त ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि पानीको बहाव भएपछि खतराको बत्ती बालिने गरेपनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताउनुभयो ।

कोशी ब्यारेज भएर पानी बग्ने क्षमता पाँच लाख क्युसेक प्रतिसेकेण्ड भएकाले दुई लाख क्युसेक पानीको बहाव हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको ब्यारेजको ढोका खोल्नका लागि कोशी ब्यारेज कन्ट्रोल रुमलाई निर्देशन दिइएको निरीक्षण पछि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३१ असार २०७५, आईतवार ०८:५०