२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

लामो तथा मध्यम दूरीकोसवारीसाधन सञ्चालन गर्न दिने काठमाडौँ प्रशासनको निर्णय

८ साउन, काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले  मध्यम र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडाैँले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै शनिबारदेखि लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।काठमाडौँका प्रजिअ कालिप्रसाद पराजुलीले शनिबारदेखि लागू हुने गरी लामो तथा मध्यम दूरीका यातायात खुलाउन आदेश जारी भएको बताए ।

लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ । काठमाडौँमा जारी निषेधाज्ञा साउन १० गते मध्यरातसम्म कायमै छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १५:२३