कमल थापा र विप्लवबीच भेटवार्ता
८ साउन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शुक्रबार थापालाई भेट्न विप्लव आफ्ना केही नेता लिएर बुढानिलकण्ठ पुगेका थिए । भेटमा समसामयिक राजनीतिक परिवेशबारे छलफल भएको जनाइएको छ ।
अध्यक्ष थापाले केपी ओली सरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने धारणा राखेका थिए । पछिल्लो समय विप्लवले सबै दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।
यसअघि विप्लवले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेका छन ।
प्रकाशित मिति : July 23, 2021 at 2:03 pm





