जसपा विवादः कार्यकारिणी समितिका ५१ सदस्यलाई निर्वाचन आयोगले बोलायो
७ साउन, काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ । कार्यकारिणी समितिका ५१ जना सदस्यसहित उपस्थित हुन आयोगले आदेश दिएको हो ।
बिहीबार अध्यक्ष दिनेश थपलियासहितको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते नागरिकता सहित बोलाउने निर्णय गरिएको आयोग स्रोतले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १८:४६