१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

जसपा विवादः कार्यकारिणी समितिका ५१ सदस्यलाई निर्वाचन आयोगले बोलायो

७ साउन, काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ । कार्यकारिणी समितिका ५१ जना सदस्यसहित उपस्थित हुन आयोगले आदेश दिएको हो ।

बिहीबार अध्यक्ष दिनेश थपलियासहितको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते  नागरिकता सहित बोलाउने निर्णय गरिएको आयोग स्रोतले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : July 22, 2021 at 6:46 pm