१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

२ सय ८ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

६ साउन , ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले काठमाडौँ उपत्यकाभित्र तीनै जिल्लामा कार्यारत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको बताउनुभयो । यसअघि गत असार ६ गते २२६ पत्रकारले सो खोपको पहिलो मात्रा लगाएका थिए । बाँकी रहेका पत्रकारलाई पछि खोप दिइनेछ ।

प्रकाशित मिति : July 21, 2021 at 5:42 pm