१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

काठमाडौँमा १८ वर्ष माथिकाले जोनसन एण्ड जोनसनको खोप लगाउन पाउने

६ साउन, काठमाडौँ । काठमाडौँमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो ।

तर दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिकालाई लगाउने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । स्वास्थ्य सेवा विभागले काठमाडौँका लागि १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै १ लाख डोज खोप बाँकी रहेकाेले उक्त बाँकी खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरेको प्रजिअ पराजुलीले बताए

 अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाखभन्दा बढी खोप नेपाललाई दिएकाे थियो । जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ ।

प्रकाशित मिति : July 21, 2021 at 3:22 pm