१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

खुमलटारबाट झलनाथलाई प्रधानमन्त्री देउवाको फोनः उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने

६ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारबाट दिल्लीमा उपचाररत नेता खनाललाई टेलिफोन गरी उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी गराएका हुन् ।

मृगौला सम्बन्धी समस्या देखिएपछि नेता खनाल केहि समयदेखि दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् । प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न खुमलटार पुगेका थिए ।

प्रकाशित मिति : July 21, 2021 at 11:27 am