१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

बोनम्यारो रोगबाट पीडित बालकलाई सहयोग

५ साउन, काठमाडाैँ । हाम्रो जन्मभूमि संस्थाले बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । भगवतीमाई गाउँपालिका–२ बेस्तड़ा दैलेखका ११ वर्षीय बालक सुशील शाहीलाई रु एक लाख ६३ हजार सहयोग गरेको हो ।

शाहीको विगत एक वर्षदेखि सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ । गत वर्षदेखि उक्त रोगबाट पीडित बालकको उपचारका लागि रु २५ लाख रकम लाग्ने सञ्चारमाध्यममा आएपछि टिकटकमा सङ्गठित भएर सिन्धुपाल्चोकको सो संस्थाले देश तथा विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गरी बालक शाहीलाई हस्तान्तरण गरेको हो ।

निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका निमनाथ फुुयाँल र संस्थाका अध्यक्ष ईन्द्र आचार्यले संयुक्तरुपमा रकम आज हस्तान्तरण गर्नुभयो ।

समाजिक सेवामा समर्पित संस्थाले केही समय अगाडि सिन्धुुपाल्चोकमा आएको बाढीबाट पीडित परिवारलाई रु दुई लाख बराबरको खाद्यान्न सामग्री सहयोग गरेको थियो । सो संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : July 20, 2021 at 7:25 pm