२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

युवा संघद्धारा माधव समुहलाई लक्षित गर्दै बाँदरे जुलुस प्रदर्शन

५ साउन, काठमाडाैँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बाँदरे जुलुस निकालेको छ । माधव कुमार नेपाल समूहलाई लक्षीत गर्दै संघको केन्द्रीय कमिटीको आयोजनामा आज नयाँ बानेश्वरमा  बाँदरे जुलुस निकालेको हो ।

आफ्नो पार्टीको सरकार ढाली दक्षिणपन्थी तथा भारतलाई कम्फर्टेवल सरकार बनाउन माधव नेपालसहित २२ जनाले देउवा सरकारलाई विश्वासको मत दिएको भन्दै उक्त समूहलाई बाँदरे प्रवृक्ति भन्दै बाँदरे जुलुस निकालेको हो । उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।

संघले माधव समूह नेपाली कम्युनिष्ट आन्दोलनको गद्धार भएको उल्लेख गर्दै उक्त समूह देश र जनताको लागि अभिसाप भएको समेत बताएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १९:१०