२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

५ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुका छन् । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् ।

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए, सोही क्रममा आज खुमलटार पुगेका हुन् । पार्किन्सन् रोगका कारण लामो समयदेखि सीता दाहाल अस्वस्थ छिन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १७:३१