२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

उपेन्द्र यादव पक्षले गर्याे संसदीय दलको विधान पारित

५ साउन, काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो बसेको जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षकाे बैठकले विधान पारित गरेको हो। बैठकमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका दुई दर्जन सांसदहरूको उपस्थिति रहेको यादवका प्रेस संयोजक महेश चौरासियाले बताए ।

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाउने कार्यसूची रहेकाे चौरासियाले बताए।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १४:५०